Free songs
भर्खरै मात्र
Home / पुस्तक / जीवन अर्थ र जगत : लेख्दै गरेको आख्यान संग्रहबाट

जीवन अर्थ र जगत : लेख्दै गरेको आख्यान संग्रहबाट

“रातमा बालिने दीयोले रातभरको अन्धकारलाई मात्र केही उज्यालो दिन सक्ला तर दिउसो बालिने दीयोमा स्वस्फुर्त भइरहेको घाम सहितको उज्यालोलाई शक्ती र सामथ्र्य दिन सक्ने कुनै पौरख हुदैन” । मानवीय व्यवहार र दृष्टि यी दुवैं घमण्डपन र अहंकारपन संगै रमाइरहेका हुन्छन् । शक्ती र सामर्थ्य संगै “घमण्ड” र “अहंकार” जन्मिन्छन भने अधिकार संगै “शक्ती र सामर्थ्य” जन्मिन्छ । “अधिकार” जन्मजात हुदैन, दीगो हुदैन, एक छिन हुन्छ अनि हराएर जान्छ, । आफै जन्मिएको वा जन्माइएको “शक्ती र सामर्थ्य” यस्तो चिज हो जसमा कस्ता कस्ता मै हु भन्नेहरु पनि केही समयपछि आफै पछारिन्छन् वढारिन्छन यो जन्मजात मानवीय गुण हो । “घमण्ड र अहंकार” यस्ता चिज हुन जसले मानवको ज्ञानलाई नशा नशामा आवेगको संयोगबाट म र मेरो शव्दलाई तिक्ष्ण बनाउनमा मद्धत गर्दछ । तसर्थ कुनै पनि वस्तुलाई हेर्न घमण्ड र अहंकारको शव्दचस्मा हटाई साधारण योगवाट हेर्नु नै प्रफुल्लित जीवनको आधार बन्न जान्छ । जीवन दुईधारे तरवार निर्विवाद सत्य हो,जसलाई चलाउन जाने अरुलाई काट्छ चलाउन नजाने आफैलाई काट्छ । हामी अनेक रुप र रंगमय रसले जीन्दगीको साधना गरिरहेका हुन्छौ । समपर्ण र त्यागका ती स्वभावीय पल्लवीवाट जति नियाले पनि सजिलो छैन जीन्दगी चलाउन । आशावादी र निराशावादी स्वभाव प्रमुख साधक हुन जीउनलाई । मानिसका तन्तु नै विस्मयकारी भाववाट आर्जित हुने हुदा स्वभावैले निराशातर्फ उन्मुख हुन्छ नै मानिस । सवैंभन्दा गाठी कुरा जीन्दगी अभाब विच जमेर हिड्ने हुँदा निराशावादका प्रमुख लक्षणहरुको शिकार बनिरहेको हुन्छ मानिस । आफु भलो त जगतै भलो भन्ने प्रिय सन्देश विच हुर्केको मानिस आफु भलो कहिल्यै हुन सकेन र सक्तैन पनि कारण मानिसका हरेक अभाव, चाहना, ईच्छा आकाक्षांहरुका स्वभाव व्यक्ति पिच्छे फरक फरक हुन्छन र भईरहन्छन् । भनिन्छ नि मानिस ती नराम्रा स्वभावलाई सम्भवत परिवर्तन गर्न रुचाउदैन पनि किनकी ति नराम्रा स्वभाववाटै मानिसले परिवार समाजमा घमण्ड र अहंकारका भावहरुद्धारा डेरा जमाईरहेको हुन्छ । ती स्वभावीय चरमा खेल्ने महत्वपुर्ण साधकहरु अभाव, निराशा, आशा, ईच्छा, आकांक्षा, लोभ, मोह, स्वार्थ सवैं तरवारका रुपमा स्थापित हुन्छन । त्यसलाई विवेकी अन्तर्मनले जीवनको रथमा सारमा खुला आकाशमा सवैं संधिग्न प्राणी विच कुशल बाँडफाँड गरि न्युनतम स्वभाव वदल्न सकेको खण्डमा मात्र पनि मानिसको जीवन सार्थक हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top