Free songs
भर्खरै मात्र
Home / लोकसेवा दिग्दर्शन / लोक सेवा आयोगबाट सोधिएको नायव सुव्वाको प्रश्न र उत्तर । २०६९ साल खुला (द्वितीय पत्र )

लोक सेवा आयोगबाट सोधिएको नायव सुव्वाको प्रश्न र उत्तर । २०६९ साल खुला (द्वितीय पत्र )

खण्ड क : नेपालको सामाजिक, आर्थिक एवम् वातावरणीय अवस्था
तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।

१. प्रमाणिक समय भनेको के हो ? नेपालको प्रमाणिक समय कसरी लिइएको छ ? उल्लेख गर्नुहोस् । ५
विश्वमा सवैंलाई मान्य हुने गरि निर्धारण गरिएको अन्तराष्ट्रिय समयलाई प्रामाणिक समय भनिन्छ । ग्रीणवीचको समय नै प्रामाणिक समय हो । यो ० डिग्री भुमध्यरेखामा पर्दछ । नेपालको प्रामाणिक समय ८६ डिग्री १५ मिनेट उत्तरी अक्षांशलाई काटेर गएको दोलखा जिल्लामा पर्ने गौरी शंकर हिमाललाई आधार बनाएर निर्धारण गरिएको छ । यो ग्रीनविच समय भन्दा ५ घण्टा ४५ मिनेट चलाख छ । यसको निर्धारण नेपाल सरकारले २०४२ वैशाख १ गते गरेको हो ।

२. नेपालको वन सम्पदाको संरक्षण गर्न के कस्ता उपायहरू अवलम्बन गर्नुपर्दछ ? ५
नेपालमा पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोट विरुवा तथा सो सँग सम्वन्धित जङ्गलहरुमा पाइने अन्य जीवजनावरहरुको समग्रतालाई वनसम्पदा भनिन्छ । नेपालको कुल वन क्षेत्र मध्य वन २९% (४२ लाख ७० हजार हे.) र बुट्यान १०.६% १५ लाख ६० हजार हे.) गरि कुल ३९.६% बन सम्पदा रहेको छ । विभिन्न कारणहरुले गर्दा बन जंगल विनाशका अवस्थाहरु वढिरहेका छन् । ती वनसम्पदाको संरक्षण गर्न निम्न उपायहरु अवलम्वन गरिनुपर्छ ।

  •  बैकल्पिक उर्जा प्रणालीलाई प्रोत्साहन गर्ने
  • वन क्षेत्रहरुको संरक्षणमा स्थानीय जनसहभागिता वढाउने ।
  • वनसम्पदाको महत्व तथा संरक्षण सम्वन्धमा जनचेतना जगाउने ।
  • वनको काठ तस्करी रोक्नलाई गस्ती पेट्रोल्ङ्गि बढाउने ।
  • विकास निर्माणका क्रियाकलापहरु संचालन गर्दा EIA परिक्षण अनिवार्य गर्ने व्यवस्था गर्ने ।
  • वनफडानी गरी खेती गर्ने प्रणालीलाई निरुत्साहित गर्नु पर्छ ।
  • वनसंरक्षण सम्वन्धी दीर्धकालिन रणनिति ल्याउने ।
  • अव्यवस्थित बसाईसराई र शहरीकरणलाई रोक्ने ।
  • वृक्षारोपण कार्यलाई प्रभावकारी वनाउने ।

३.नेपालमा प्रचलित ल्होछार पर्वहरूको बारेमा छोटकरीमा वर्णन गर्नुहोस् ? ५

  • नेपालका हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा, गुरुड., थकाली, आदी समुदायका मानिसहरुले आफ्नो नयाँ वर्षको उपलक्ष्यमा मनाउने चाड ।
  • नयाँ वर्षको पहिलो दिन चोखो कपडा लगाई विशेष प्रकारले वनाइएको प्रसाद छेमार र विशेष प्रकारको खाना कुथुक खाने गरिन्छ ।
  • यस अवसरमा एक आपसमा उपहार साटासाट गर्ने वाड्ने, नाचगान गर्ने, मिठो खानेकुरा खाने, उपहार साटासाट गर्ने, र मान्यजन कहाँ गइ भेटघाट गर्ने गरिन्छ ।
  • प्रत्येक वर्ष कुनै न कुनै जनावरको नाममा मनाइने यो चाड मनाउदा १२ वर्षमा १२ वटा जनावरहरु मुसो, गाइ, वाघ, विरालो,मेघ, नाग, घोडा, भेडा, वानर, गरुड, कुकुर, र वनेलका नाममा मनाइन्छ । प्रत्येक १२ वर्षमा यो चक्र घुमिरहन्छ । ५ चक्र अर्थात ६० वर्षको अवधीलाई एक राप्चुड. भनिन्छ ।
  • ल्होसारको सामाजिक महत्वलाई प्रोत्साहन गर्न नेपाल सरकारले राष्ट्रिय विदा दिने गरेको छ ।
  • विभिन्न जातीहरुले मनाउने यो चाड पुस १५ देखि माघ १५ सम्म करिव १ महिना धुमधाम मनाईन्छ ।

४. “अव्यवस्थित सहरीकरणबाट विकासमा नकारात्मक असर पर्दछ” ? भन्ने भनाइको पुष्टि गर्नुहोस् । ५

शहरीकरण शव्द ल्याटिन भाषाको Urbanus वाट उत्पती भएको हो । यसको अर्थ परिष्कृत तथा शिष्ट समाज हो ।
Witherick Micheal  शहरीकरणका मुख्यतः ४ वटा परिवर्तनलाई औल्याएका छन् ।
क) अर्थमा परिवर्तन (Shift in economy)
ख) जनसंख्याको वितरणमा परिवर्तन (Change in distribution of population)
ग) जीवनशैलीमा परिवर्तन (Change in Lifestyle)
घ) वसोवासस्थलको आकार र विशेषतामा परिवर्तन (Change of Settlement)
शहरहरु व्यवस्थित नहुनु नै अव्यवस्थित शहरीकरण हो । व्यवस्थित शहरीकरणको मुख्य उद्धेश्य रहेतापनि धेरै कारणहरुले गर्दा अव्यस्थित हुन पुग्दछ । समग्रतामा अव्यवस्थित शहरीकरणवाट हुने समस्याहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

  • फोहरमैला वृद्धि
  • ढलनिकासको समस्या
  • वायु प्रदुषण
  • ध्वनी प्रदुषण
  • चोरी, हत्या, अपराधजन्य क्रियाकलापमा वृद्धि
  • अव्यवस्थित वसोवास
  • सांस्कृतिक सम्पदाको हस

तसर्थ अव्यवस्थित शहरीकरण वास्तबमा उक्त समाजको लागी राम्रो विषय होईन । अव्यवस्थित शहरीकरणमा सडक, खानेपानी एवं भौतिक विकास सम्वन्धी पुर्वाधारको निर्माणको लागी कुनै योजना नै हुदेन ।

५. नेपालमा आदिवासी तथा जनजातिहरूको प्राथमिकीकरण तथा वर्गीकरण कसरी गरिएको छ ? वर्णन गर्नुहोस् । ५

  • नेपालमा विभिन्न किसिमका जातजाती तथा सम्प्रदायहरु वस्तछन् ।
  • विशेषत : चारवर्ण छतिस जातीको पहिचानको रुपमा चिनिने नेपालको सामाजिक संरचना विविधतायुक्त रहेको छ ।
  • नेपाल वहुभाषिक वहुजातीय वहुधार्मिक वहु सांस्कृतिक विशेषता भएको मुलुक हो ।वि.सं. २०५४ सालमा राष्ट्रिय जनजाती विकास समिति (गठन) आदेश २०५४ जारी गरी सरकारकले ६१ जनजातीलाई आदीवासी जनजाती घोषणा गरेको थियो । वि.सं.२०५८ माघ २५ गते छुट्टै आदीवासी जनजाती उत्थान प्रतिष्ठान ऐन २०५८ जारी गरी ५९ जातजाती तिनको वसोवास स्थल र विशेषताहरुलाई वर्गिकरण गरेको छ ।
  • कार्यदलले अवसरवाट वन्चित लोपोन्मुख सीमान्तकृत र अवसरमा पहँुच नभएको भनी आदीवासीको सूचीलाई चार समुहमा प्राथमिकिकरण तथा वर्गिकरण गरेको छ । ति निम्न छन् ।

क) उच्च समुह Advanced Group (2) :नेवारी , थकाली
ख) अवसरबाट वन्चित समुह Disadvantaged Group (15) : वाह्गाउले, तेङवे, तिनगाउले, थकाली मार्फाली, गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, ब्यासी, योल्मो,
ग) सिमान्तकृत समुह Marginalized Group (19) : सुनुवार, थारु, तामाङ, भुजेल, कुमाल, राजवंशी, गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरीया, पहरी, तोप्केगोला, डोल्पो, मुगल, लार्के, लोफा, दुरा, यालुङ
घ) अति सिमान्तकृत समुह High Marginalized Group (12) : माझी, सियार, ल्होमी, थुन्दम, धानुक, चेपाङ, सन्थाल, झागड, थामी, बोटे, दनुवार, बरमु
ङ) लोपोन्मुख समुह Endangered Group (10) : कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु,राजी, किसान, लेप्चा, मेचे, कुशवडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top