क) तलको प्रश्नको छोटो उत्तर लेख ।
१.सामाजिक समावेशीकरणका सकारात्मक पक्षहरु के के हुन ?— ५
सामाजिक सशक्तिकरण सामाजिक रुपमा उपेक्षित, उत्पिडित तथा पिछडिएका वर्ग समुदायलाई आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सहभागिताका अन्य क्षेत्रमा सवैंको समान रुपले प्रतिनिधित्वको लागी सहभागिता गराउनु भन्ने वुझिन्छ । सामाजिक समावेशीकरणका सकारात्मक पक्षहरु निम्नानुसार छन् ।
— आरक्षण र सकारात्मक विभेदको सन्तुलित प्रयोग हुन्छ ।
— समानुपातिक प्रतिनिधित्व हुन्छ ।
— समाजमा उपेक्षित, उत्पिडित, पिछडिएका वर्ग समुदायको सशक्तीकरण हुन्छ ।
— पहिचानमा सुनिश्चित हुन्छ ।
— सहभागितामुलक प्रजातन्त्रको विकास हुन्छ
— समानता कायम हुन्छ ।
ख) तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस । (१* १०=१०)
१.नेपालले योजनावद्ध विकासमा प्रवेश गरेको ५५ वर्ष नाघिसकेको छ । हाल सम्मका आवधिक योजनाको अवस्थालाई हेर्दा लक्ष्य अनुसारको प्रगती भएको देखिदैन । योजनावद्ध विकासमा देखिएका समस्यालाई केन्द्रित गर्दै सुधारको लागी अवलम्वन गरिनुपर्ने रणनीतिहरु के के हुन सक्छन् ? लेख्नुहोस । — १०
योजना (Plan)
कुनै निश्चित उद्धेश्य प्राप्तीको लागि अग्रिम रुपमा कार्यतालिका (Course Of Action) तयार गरी सो उद्धेश्य पुर्तिका लागि साधन र स्रोतहरुको व्यवस्था गर्नु नै योजना हो । यसले भविष्यमा गरिने कार्यहरुलाई निर्धारण गरि पुर्व निर्धारित उद्धेश्य प्राप्तीको दिशामा मार्गदर्शन गर्दछ ।
नेपालमा योजना
नेपालमा वि.सं.२०१३ साल देखि योजनावद्ध विकास भएको ईतिहास छ । योजना तर्जुमा गर्ने सिलसिलामा सर्वप्रथम वि.सं.२०१३ सालमा प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोगको गठन भएको हो । हाल वि.सं.२०६८ साल सम्म पुग्दा चालु त्रिवर्षिय योजना ०६७।०६८ —०६९।०७० विद्यमान रहेको छ । वि.सं.२००७ साल अगाडी शासकिय व्यवस्था नै व्यवस्थित नभएको हुदा योजनावद्ध विकासले पश्रय पाएको थिएन । हाल सम्म आउदा योजनावद्ध विकासले ५५ वर्ष भन्दा वढी अवधी नाघिसकेको छ । योजना अवधीमा कृषि, यातायात, संचार, विधुत जस्ता विकासका पुर्वाधारहरुलाई प्राथमिकिकरण गरी सो को विकासमा विभिन्न लक्ष्यहरु निर्धारण गरेको हामी योजनावद्ध विकासको खाकावाट पाउछौं ।
नेपालको योजनावद्ध विकासमा देखिएका समस्याहरु :
नेपालको योजनावद्ध विकासको अवस्थालाई मध्यनजर गर्दा हालसम्मको अवस्थामा केहि प्रगती नभएको होईन तर लक्ष्य अनुसारको प्रगती भने पक्कै नभएको हो भन्ने कुरालाई स्वीकार गर्नुपर्दछ । विभिन्न राजनीतिक आरोह अवरोह संग संगै योजनाका लक्ष्य तथा रणनीतिहरुलाई परिवर्तन गराउदै जाँदा अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेको तितो सत्य पक्कै हो । योजनाहरुमा राष्ट्को सर्वागिंण विकासलाई लक्षित गरिने, राष्ट्रिय उद्धेश्य संग समाहित गराउने हुँदा योजनाहरुको खाका भन्दा अपेक्षित प्रतिफल प्राप्त गर्नुमा कार्यान्वयन भर पर्दछ । तसर्थ नेपालको योजनावद्ध विकासमा देखिएका समस्याहरुलाई निम्नानसार उल्लेख गर्न सकिन्छ ।
— आर्थिक एवं भौतिक स्रोत साधनको कमी
— योजनाहरु विकेन्द्रित रुपमा संचालन हुनुपर्छ भन्ने मान्यता स्थापित भएतापनि अत्याधिक केन्द्रिकरण गरिएको ।
— योजना तर्जुमा वाह्य प्रभाव
— योजनामा तथ्यांक एवं सुचनाहरु भरपर्दो नहुनु
— योजना तर्जुमा सम्वन्धी ज्ञान सीप, क्षमता र प्रशस्त गृहकार्यको अभाव
— अनुगमन तथा मुल्यांकनको संस्थागत व्यवस्था नहुन
— परम्परागत योजना तर्जुमा गर्ने परिपाटी हुनु
सुधारको लागि रणनीति :
— योजना तथा कार्यक्रमहरु स्पष्ट र पारदर्शी हुनुपर्ने
— योजना तर्जुमामा जनसहभागिता वढाउनुपर्ने
— प्रभावकारी अनुगमन तथा मुल्यांकनको व्यवस्था गर्नुपर्ने
— प्रयाप्त अध्ययन र विश्लेषण र गृहकार्य गरि योजना तर्जुमा गर्नुपर्ने
— योजनामा राजनितिकरणको अन्त्य गर्नुपर्ने
— योजना तजृुमामा स्थानीय निकायहरुको सवलीकरण र सशक्तिकरण गर्नुपर्ने
— आवश्यक दक्ष जनशक्तीको व्यवस्था गर्नुपर्ने
निष्कर्ष :
सुधार खरायो उफ्रे झै एकै पटक हुने कुरा होईन तसर्थ योजनाहरुको प्रभाव मुल्यांकन गरि क्रमशः योजनाहरुको तर्जुमा तथा कार्यान्वयन गर्नुपर्दछ । जसको लागि राजनैतिक प्रतिवद्धता, प्रशासनिक ईमान्दारिता आवश्यक हुन्छ । योजना तर्जुमा तथा कार्यान्वयनमा स्थानीय स्रोतसाधन, सीपको परिचालन गरि अपेक्षित प्रतिफल प्राप्त गर्न सकिन्छ ।
Thank You very very much sir. It guides how to write answer in PSC exam. And also expect other related knowledge in future.
Thank you shambhu sir, knowledge is for giving not storing. i will give information as i can. your suggestion should be forever.
Thnks sir