Free songs
भर्खरै मात्र
Home / विचार विमर्श / वदले दृष्टिकोण वदलिन्छ जीवन

वदले दृष्टिकोण वदलिन्छ जीवन

जीन्दगी वदल्न गाह्रो छैन । किनभने दृष्टिकोण वदलियो भने जीवन स्वतः वदलिन्छ , तर दृष्टकोण वदल्नु सजिलो कुरा चाही होईन । विचार गर्ने पुरानो शैली, वानी व्यहोरा तथा पुराना संस्कारहरु मान्छेले झट्ट छोड्न नै चाहदैन र सक्दैन पनि । तसर्थ मान्छेको त्यस परम्परागत वानीले उसलाई दृष्टिकोण वदल्नमा अप्ठयारो पारिरहेको हुन्छ यदी आफ्नो दृष्टिकोण वदल्न सकेको खण्डमा जीवनलाई सोचेजस्तो वनाउन गाह्रो छैन किनभने वाहिरी (भौतिक) कर्म गर्नु अघि मानसिक कर्म वुझन सकेको खण्डमा कुनै पनि सफलता हामीवाट टाढा हुनै सक्तैन । यसलाई भौतिकवादको रुपवाट हेरौ ।

संसारमा विद्यमान जति पनि पदार्थहरु छन् ती सवै वस्तु पदार्थको घेराभित्र मात्र सिमित छैनन् । पदार्थको अन्तिम एकाई परमाणु हो भने परमाणुभित्र ईलेक्ट्रोन, प्रोटोन र न्युट्रोन गरि तिन किसिमका चार्जहरु व्यवस्थित रहन्छन् । यस संरचनाको वरिपरि ईलेक्ट्रोन आफ्नै गतिमा घुमिरहेको हुन्छ भने प्रोटोन र न्युट्रोन वीच भागमा खादिएर रहेका हुन्छन् । महत्वपुर्ण कुरा त यो हो कि ईलेक्ट्रोनको गतिशिलताको कारणले नै यो स्थुल संसार, संसारको रुपमा देखिईन पुगेको हो तर यथार्थमा यो संसार ठोस नभएर शुन्य अथवा खाली छ। यदी ईलेक्ट्रोनको घुम्ने गति कम हुदै जाने हो भने यो सवै संसारमा प्रलय हुन्छ । उदाहरणका लागि पंखालाई लिन सकिन्छ । पंखामा तिनवटा व्लेडहरु हुनछन् र यसका वीच वीचमा प्वालहरु हुन्छन् । पंखालाई धेरै जोड संग घुमाईयो भने वीचको प्वाल जस्तो नदेखिकन थाली जस्तो देखिन्छ त्यसमा औला छिराउन खोज्दा पनि हुदैन। त्यसकारण यस संसारमा हुने सवै कुरा मान्छेको सत्तामा भर पर्ने कुरा हो । मान्छेको व्यक्तिगत दृष्टिकोण, आग्रह पुर्वाग्रह वानी व्यहोरा सवैले सापेक्षित यथार्थ निर्माण गर्दछन । यो कुनै दर्शन वा मनोवैज्ञानिक तर्क नभएर विशुद्ध विज्ञानको निष्कर्ष हो । यस अनुसार कुनै पनि मानिसको दृष्किोण फेरियो भने वस्तु पनि परिवर्तन हुन्छ तर न्युटनको सिद्धान्त व्यक्तिलाई वदल्नको लागि सिद्धान्त वदल्नुपर्छ भन्ने मान्यता थियो तर आईन्सटाईनको सापेक्षावादको सिद्धान्तले वाहिर वा भौतिक रुपमा भएको विकासले खासै मानसिकतामा परिवर्तन नल्याउने तर भित्री दृष्टिकोणमा आउने परिवर्तनले वाहिरी परिवर्तनमा भने निश्चित हुने कुरा प्रमाणित गरिदिएको छ । सामान्यतः हामीले देख्ने यथार्थ भनेको आफ्नै वा समुहगत सापेक्ष यथार्थ हुन । त्यसैले परिवारका, देशका, जातीका र वर्गका आ–आफ्नै यथार्थहरु हुन्छन् । ति सवै दृष्टिकोणवाटै सिर्जिएका यथार्थहरु हुन । यहाँनेर विचार राखनुपर्ने कुरा के हो भने संसारमा सवैं वस्तुगत सत्यता भनेको हुदैन । सत्य सापेक्ष मात्र हुन्छ निरपेक्ष हुदैंन आफ्नो कुरा मात्र निरपेक्ष अर्थात सत्य देख्नु पनि दुष्टिकोणले जन्माएको सापेक्षता हो । त्यसकारण सत्य तथ्य पनि सवैंको वेग्लावेग्लै हुने हुन्छ । एउटा विम्व लिऔ–संभोगलाई स्वीकार गरियो भने प्रेम हुन्छ तर अस्वीकार गरियो भने त्योे वलात्कार हुन्छ र कानुन लाग्छ ।

अर्को एउटा रमाईलो प्रसंग लिऔं । जिसस क्राईष्टलाई त सवैंले चिनेको हुनपर्छ । जिससको पालामा एउटी अधवैशे युवतीलाई गाउलेहरुले समातेर जिसस कहाँ लिएर गए र औल्याउदै सोधियो – यिनी वेश्या हुन यस कारण शास्त्रीय सिद्धान्त अनुसार यीनलाई ढुगां हानेर मार्नुपर्छ अव यिनलाई मार्ने कि नमार्ने लौं भन्नुस भन्दा जीससले मुसुक्क हास्दै भन्नुभयो –ठीक छ यसलाई ढुंगाले हानेर मार्नुस तर ढुगां हान्ने अधिकार त्यसलाई मात्र छ जसले अहिले सम्म कुनै व्यभिचार, पाप गरेकै छैन । यो सुन्नासाथ ढुगां टिप्न कस्सिएकाहरु काप्न थाले किनकी सवैलाई थाहा थियो यस दुनियामा पाप व्यभिचार अपराध नगर्ने मानिस एउटा पनि छैन मानिसले जानी नजानीकन पनि एउटा न एउटा गल्ती गरेकै हुन्छ त्यसले अरुलाई अपराधका लागि सजाय दिन तम्सिन्छ । के यो भन्दा ठुलो मुर्खता, पाखन्डीपन होईन ? यसै क्रममा वुद्धले पनि महान उपदेशको प्रवचन सकिसकेपछि अन्तिममा भन्नुहुन्थ्यो –“रातको अन्तिम काम गरेर सुत्नु” । उहाँका प्रवचनमा भिक्षु भिक्षुणीवाहेक अनेक कर्मक्षेत्रवाट आएका मान्छेपनि हुन सक्छन कोही भिक्षु, कोहि चोर, कोही पुलिस, कोही वेश्या आदी ….। उनीहरु आफ्ना आफ्ना कार्यमा लाग्छन् । चोर चोर्न जान्छ, पुलिस पहरा दिन जान्छ, वेश्या वेश्यालयतिर, । यसर्थमा यो प्रसंग यहाँनिर लागु हुन्छ कि भन्नेले एउटा भन्छ वा सुन्नेले जे सुन्न चाह्न्छ त्यो मात्र सुन्छ भन्नेले एउटा कुरा भनिरहेको हुन्छ सुन्नेले अर्कै सुन्छ । वास्तविकता यो छ कि जुन सुन्न खाजिन्छ त्यो कुरा अगाडी आउछ । मानिसले कैयौ थाहा पाईरहेका हुन्छन् सिकीरहेका हुन्छन् प्रवचन सुनीरहेका हुनछन् सत्सङ्ग सुनिरहेका हुन्छन् । तर मान्छेमा सुनेर गर्ने भनेको जुन आफुुले चाहेको हो खोजेको हो त्यही गर्दछ। त्यसकारण मान्छेमा परिवर्तन आउन त्यती सजिलो छैन । जहा आफ्नो वानी व्यहोरा, स्वभाव, आदतले आफुलाई छोडिसकेको हुदैन र छोड्दैन पनि । पुराना वानी व्यहोराको कारणले गर्दा मान्छै नयाँ कुरा जान्न वुझन खोज्दैन अनि पछाडि परीरहेको हुन्छ ।

यस सन्दर्भमा एउटा उदाहरण– यदी कसैलाई म क्षीणहिन सामान्य जागीर खाएको, केहि पनि गर्न सक्दिन जस्तो लागिरहेको छ भने कुनै हाकिम वा आफु भन्दा ठुलो मानिस कहाँ वोलाईएर गएको वेला उहि असमर्थताको मानसिकताको कारणले मेचको छेउमा पिठमात्र टेकाएर वल्ल वस्छ । कल्पना गर्नुहोस त दुवै हात लत्रिएको, शिर झुकेको, ढाड विल्कुल कुप्रिएको, सायद आत्मसमर्पण गर्न आए जस्तो उ अझ वलियो नै हुन्छ । अनि ”राम्रो संग वस्नुस न ” भनेपछि पिठलाई अलि अलि माथी सार्न थाल्छ र ठिकै छ नि भनेर वलियो सगं वस्न खोज्छ किनभने उसलाई आफु कुनै साहुको घरमा आएको छु वा हाकिमको अगाडी छु म उनिहरु भन्दा धेरै सानो छु म यसै गरि वस्नुपर्छ भन्ने उसको मानसिकताले काम गरिरहेको हुन्छ । अनि मनोविज्ञानको कारणले यावत कुराहरुमा निर्भर गरिरहेको हुन्छ ।

अनि अव परिवारमा फर्कौ । एकपटक आफ्नै मनसंग प्रश्न उठाऔं कि – श्रीमतीलाई कति प्रतिशत श्रीमतीको स्थान दिनुभएको छ ? छोरा छोरी कति अधिनमा रहेका छन् वा रहन्छन ? यो समाज नाता कुटुम्वलाई कुन दृष्टिले वुझिरहनुभएको छ अथवा शिक्ष्ााँ सम्पत्ती मान प्रतिष्ठा आदीलाई नै आफु ठानेर ठुलो भ्रम पो पाल्नुभएको छ कि ? यसलाई एकपटक मनन गर्नुहोस कि हामी प्रायः त्यस्तै वर्ग भित्र पर्दछौं जसलार्ई एक जना विद्धान मित्रले भनेका छन्– संसारको सवैभन्दा गरिव मान्छे त्यो हुन्छ जो संग धन वाहेक अरु केहि छैन र उसले त्यो वाहेक अरु केहि छैन भन्छ । हो हामी संग प्रशस्त धन छ, सम्पत्ती छ, मान सम्मान छ तर पकड छैन वस यही हो गरिव र धनी छुट्याउने मापदण्ड । किनकी वास्तविक धनी त त्यो हुन्छ जसमा सवै कुराको मापदण्ड हुन्छ पैसा मात्र धन सम्पत्ती होईन । पैसा त केवल निश्चित भोगविलास मेटाउने साधन मात्र हो जसले राम्रो वस्तु पदार्थ आउन सक्छ तर राम्रो, ईमान्दार श्रीमती, छोराछोरी, नाता कुटुम्व, आउन सक्तैन अर्थात किन्न सकिदैन ।

यहाँनेर एउटा प्रसंग के छ भने धन हुनुहुदैन भनेको होईन तर धन सम्पत्तीमात्र सवैथोक होईन त्यो साध्य होईन जीवन चलाउने साधन मात्र हो किनकी वर्वाद गरिव त्यो भईरहेको हुन्छ जसले धनसम्पत्तीमात्र वरिपरि देख्छ किनकी उसैको चाहनामा कसैले राष्ट्रलाई वर्वाद गरिरहेका हुन्छन कसैले श्रीमती त कसैले छोराछोरीहरुलाई, अनि कसलै आफ्नै जीन्दगी वर्वाद खाडलमा हालिरहेका हुन्छन् यस अर्थमा ईमान्दार, सर्वगुणी मानिसको लागि धन सम्पत्ती भनेको निर्हाय हो । जीन्दगीको अर्थ भेटाउन धन सम्पत्तीको आवश्यकता पर्दैन एक जना सात कक्षा पढेको मानिस व्यवसायमा असफल भएको पेन्टिङ्गमा फेल भएको मान्छे पछि गएर शक्तीशाली मान्छे वन्न पुगेका छन् हिटलर । भलै उसको चरित्र नराम्रो भएपनि आफ्नो पकड चाही वनाएको पक्कै हो ।

दोस्तोयव्स्कीले वास्तविकताको आधारमा एउटा रमाईलो प्रसंग लेखेका छन् त्यो कहानी एकदम सान्दर्भिक छ । एकपटक एकजना मान्छे पिसाव गर्न ट्वार्ईलेटमा गएको वेला पिसाव गरिरहेको वेला उसलाई उसको घाटीमा पासो हालिएको थियो तर उसले आफ्नो घाटीमा परेको पासो हटाउनुको साटो पाईन्टको फस्नर लगाउछ किनकी उसले पिसाव गरिसकेपछि फस्नर लगाउनुपर्छ भन्ने रुढीवादी मानसिकताको पाठ पढेको थियो र आखिर मर्यो किनकी उसले आफ्नो घाटीमा पासो लगाएको थाहा थियो, पासो लगाएमा मर्ने कुरा पनि थाहा थियो तर पनि घाटीको पासो नहटाई फस्नर लगाउन पुग्यो । यहाँनेर एउटा थाहा पाउनुपर्ने कुरा के छ भने उ परम्परागत पुरानो संस्कारमात्रमा वानी भयो । नयाँ परिवर्तन तथा नयाँ संस्कारलाई उसले पछ्याउन सकेन अर्थात वानीलाई परिवर्तन आत्मसाथ गर्न सकेन । हर्नेुस त जीवनमा कति महत्वपूर्ण कुरा आईरहेको हुन्छ तर हामीलाई सानो सानो कुराको मात्र महत्व राख्छौं । प्राथमिताको चयन गर्नुको सट्टा मान्छेको स्वभाव सानो सानो कुरामा वढी ध्यान लगाईरहने तर ठुलो कुरालाई वास्ता नगर्ने वानी वसिरहेको हुन्छ ।

यसलाई अझ सुक्ष्म रुपमा हेरौं, महान गुरु विकासानन्दका अनुसार —“आफ्नो घैटोको क्षमता नवढाईकन धाराको परिवर्तन गर्दैमा वढी पानी पाउन सकिन्न । धारा त के महासागरवाटै पानी उवाउदा पनि घैटोले आफ्नो क्षमता भन्दा वढी पानी पाउन सक्तैन । त्यस कारण आफ्नो क्षमतामा परिवर्तन नल्याई वढी पानी खोज्नु मुर्खता मात्र हो । यी सवथोकलाई परिवर्तन गर्न चाहन्छौ भने र आफु एक सफल वन्न चाहन्छौं भने तिमी आफैवाट शुरु गर्नु पर्छ तिमी उठ्नुपर्छ नउठेकालाई उठाउनुपर्छ नत्र भने तिमी आजन्म कुरुप विचार र भावनावाट मात्र ग्रसित हुनेछौं । तिमी आजन्म शोषित हुनेछौं । किनकी तिम्रो नराम्रो पराजयको कहानीलाई प्रयोग गरि कोही राम्रो कथाको प्लट वनाई प्रख्यात कथाकार वन्छ । तिम्रो काँध अरुलाई नेता भई कुर्सि सम्म पुग्ने सिढी वन्छ । तिम्रो दयनीय वृतान्तको नक्कल गर्ने मानिस असर र संभ्रान्त कलाकार वन्छ । तिम्रा खट्टा अरु कसैका लागि जुता वेची धनी वन्ने र सपना साकार पार्ने माध्ययम वन्छन् । यस विच तिमीलाई लाग्ने अनेक रोग स्वास्थ्य व्यवसायीहरुको विल्डिङ्ग वनाउने कच्चा पदार्थ वन्न जान्छ । नत्र …….भने तिमी तिम्रो परिवारको आशाको केन्द्रविन्दु तिमी तर तिम्रो चर्तिकलावाट आर्जित भई आफ्नो मनको कसिंगर फाल्ने पात्र तथा तिम्रो सन्तान तिम्रो कहालीलाग्दो जीवनकहानी हेर्न वाध्य र मुकदर्शक वन्नुपर्ने वाध्यता हुन जान्छ । तिमी संग के छैन, सव थोक छ तर तिमी चाहन्नौ र पछाडी परेका हौ । तिमी भन्छौ म गरिव छु र त केहि पनि गर्न सक्तिन म भन्छु – तिमी केहि गर्दैनौ र त तिमी गरिव रह्यौ अतः समस्या तिम्रो गरिवी होईन समस्या तिम्रो निस्किृयता हो । तिमी भन्छौ म असाहय छु र त अरुलाई सहयोग गर्न सक्दिन तर म भन्छु –तिमी अरुलाई सहयोग गर्दैनौ र त असाह्य भयौं अतः आजैवाट अरुलाई जति सकिन्छ सहयोग गर । तिमी भन्छौ म अध्यात्मवादमा विश्वास गर्दिन किनभने यसको ठोस आधार छैन तर म भन्छु– तिमी आध्यत्मवादको ठोस आधार खोज्दैनौं र त त्यसमा विश्वास गर्दैनौं अत, तिम्रो विश्वास ज्ञानको परिणाम होईन अल्छीको परिणाम हो । तिमी भन्छौ म नयाँ कुरा सिक्न चाहन्छौ तर म सित फुर्सद छैन तर म भन्छु –तिमीलाइ नयाँ कुरासित प्रेम छैन र त फुर्सद छैन । तिमी भन्छौं हिजोआज पैसा भन्दा ठुलो केहि छैन त्यसैले म जसरी भएपनि पैसा कमाउन चाहन्छु तर म भन्छु– तिमी पैसा भन्दा ठुलो अरु केहि खोज्दैनौ र त पैसा भन्दा ठुलो केहि पनि देख्दैनौ अतः तिम्रो दुरदर्शितामा कमी भएकोले पैसा नै ठुलो लागेको हो । तिमी भन्छौ म असफल व्यक्ति हु र निराश छु तर म भन्छु –तिमी निराश छौ र त असफल भयौ अतः असफलता तिम्रो लागि निराशाको कारण होईन कर्म गर आशावादी हुन सिक । तिमी भन्छौ मेरो लोग्ने खराव छ त्यसैले उसलाई म घृणा गर्छु तर म भन्छु –तिम्रो हेर्ने नजर कमजोर छ, तिमी आफ्नो लाग्नेलाई माया गर्न सक्तिनौ र त उ खराव रह्यो अतः समस्या उसको खरावी होईन तिमीले उसलाई माया गर्न नसक्नु हो । तिमी भन्छौ मेरी स्वास्नी र छोराछोरीहरु ठिक छैनन त्यसैले म पिउने गर्छु तर म भन्छु –तिमी पिउने गर्छौ र त तिम्रंो स्वास्नी र छोराछोरी ठिक भएनन अतः तिमी यसवाट टाढा रहनुपर्छ । तसर्थ जीवनका हरेक मुल्य मान्यताहरु वुझ, सिक, गर नयाँ परिवर्तित संस्कार सिक उप्रान्त तिमी एक दिन अवश्य सफल हुने नै छौ । तसर्थ वदले वदलिन्छ जीवन तर वदल्न नचाहे यथास्थितीवाट चल्छ ।

                                                                                                                                                                                                             #स्रोत गुरु बिकासानन्द ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top