Free songs
भर्खरै मात्र
Home / लोकसेवा दिग्दर्शन / वनसम्पदा : अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरु

वनसम्पदा : अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरु

१. वनसम्पदा भन्नाले के वुझ्नुहुन्छ ? लेख्नुहोस ।

नेपालमा पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोट विरुवा तथा सो सँग सम्वन्धित जङ्गगलहरुमा पाइने अन्य जीव जनावरहरुको समग्रतालाई वनसम्पदा भनिन्छ नेपालको हिमाली भेगदेखि तराईको मैदानसम्म प्रकृतिको वरदानको रुपमा प्राप्त वनसम्पदाको महत्व कति छ भने कुरा नेपालको हरियो वन नेपालको धन भन्ने कुराले पुष्टि गर्दछ ।  सामान्य जनजीवनमा आवश्यक पर्ने काठ, दाउरा, इन्धन तथा विभिन्न उद्योग व्यवसायको लागि आवश्यक पर्ने कच्चा पदार्थ पशुपालनको लागि चाहिने घाँसपात, चरण र पशुपंक्षी तथा जनावरको लागि बासस्थान नै बन सम्पदा अभिन्न अगंको रुपमा वनेको छ । नेपालको वनसम्पदा राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण साधनको रुपमा चिनिन्छ ।  वनजंगलवाट प्राप्त हुने जडीवुटी र काठको आपूर्तिले दैनिक आवश्यकता मात्र पुरा नगरी राष्ट्रिय आयमा समेत ठूलो योगदान दिएको छ ।

२. नेपालका वनसम्पदा को अवस्था बारेमा लेख्नुहोस ।
वन मन्त्रालयले सार्वजनिक गरेको गरेको वि.स.२०५६ मंसिर ८ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा,  नेपालको कुल क्षेत्रफलको ३०.६ प्रतिशत क्षेत्रफल ओगटेको बनसम्पदामा, वन २९% (४२ लाख ७० हजार हे.) र बुट्यान १०.६% १५ लाख ६० हजार हे.) रहेको छ । तीन बर्षीय अन्तरिम योजना अनुसार योजनाको अन्त्य सम्ममा १५ हजार सामुदायिक वन उपभोक्ताका समूहहरुले झण्डै १२ लाख ५५ हजार हेक्टर वनक्षेत्र व्यवस्थापन गर्दे १७ लाख घरधुरीलाई फाइदा पु¥याएका छन् । २० वटा संरक्षित क्षेत्र र स्थापना गरी २३% (करिब ३५ हजार वर्ग कि.मि.) संरक्षित क्षेत्र व्यवस्थापन गरिएको छ । तराईमा भू–परिधि कार्यक्रमवाट करिव १ लाख ६० हजार गरीविको रेखा मुनी रहेका परिवारहरु जिविकोपार्जन तथा आयआर्जन कार्यक्रमवाट लाभान्वित हुदै  आएका  छन् । वन सम्पदा संरक्षणको लागि सामुदायिक वन (१३ लाख ५० हजार ६ सय ५५ हे. जमिन) कवुलियती वन, २३ हजार ,५ सय ३४ हेक्टर जमिन) साझेदारी वन (२२ हजार ७ सय ३० हेक्टर जमिन वन संरक्षण गरिएको वन तथा भू– संरक्षण मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  चालु तीन वर्र्षीय अन्तरिम योजनामा अद्यावधिक वन क्षेत्र ३९.६% लाई ४०% सम्म पु¥याउने लक्ष्य लिइएको । वनसंरक्षण सम्वन्धी विभिन्न सरकारी तथा गैरसरकारी निकाय, संघ संस्थाहरुले कार्यक्रमहरु संचालन गरिरहेका छन् । जैविक विविधताको संरक्षणको लागि जैविक विविधता राष्ट्रिय रणनिति कार्य योजना कार्यान्वयनमा ल्याएको छ ।  नेपालको करिव २.५% भु– भाग सीमसार क्षेत्रले ओगटेको छ ।  भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यक्रम संचालन गर्न ५६ जिल्लाहरुमा २०२० वटा उपजलाधार क्षेत्रको पहिचान र प्राथमिकिकरण गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ ।राष्ट्रिय वन स्रोत सर्वेक्षण गरी तथ्याङ्ग अद्यावधिक गर्ने कार्य शुरु गरिएको छ ।

३.    नेपालमा पाइने वन सम्पदालाई कति भागमा विभाजन गरिएको छ । वर्णन गर्नुहोस ।
नेपाल वनसम्पदाले धनी राष्ट्र हो । हरियो वन नेपालको धन भन्ने मान्यतालाई स्थापित गरेको नेपालको वन सम्पदाले राष्ट्रिय आयोजनामा योगदान दिएको छ । नेपालमा पाइने वनसम्पदालाई निम्न ५ भागमा विभाजन गरिएको पाइन्छ ।
(क) उष्ण प्रदेशीय सदावहार वन :

  • समुन्द्री सतहदेखि १२०० मि. सम्मको उचाईमा रहेको तराईको भावर हुन तथा चुरे प्रदेशमा यस प्रकारको वन अवस्थित रहेको छ
  • यो जंगल अत्यन्त्तै घना र पूर्वदेखि पश्चिम सम्म फैलिएर रहेको छ ।
  • यस क्षेत्रमा वर्षा तथा तापक्रम वढी हुने हुनाले वनसम्पतिहरु अग्ला , मोटा तथा सदावहार प्रकृतीका हुन्छन् । पूर्वदेखि पश्चिमसम्म समानान्तर रुपमा फैलिएको यो जंगललाई ४ कोष सम्म फैलिएकोले चारकोशे झाडी पनि भनिन्छ ।
  • यस प्रकारको वनमा साल, सिसौ, खयर आदी जस्ता कडाखालका रुखहरु पाइन्छन ।
  • यहाँ हात्ती, बाघ, गैडा, भालु जस्ता जीवजन्तुहरु पाइनुका साथै गोहीसर्प, अजिगंर जस्ता घस्रिने जीवजन्तुहरु समेत पाइन्छन् ।

ख) समशितोष्ण पतझड वन :

  • समुन्द्री सहतदेखि  १२०० मी. भन्दा माथी २१०० सम्म मि. उचाईमा रहेको ।
  • चुरे पहाडको माथिल्लो भाग र महाभारत पर्वतको तल्लो भागमा पर्ने ।
  • तल्लो भाग भन्दा माथिल्लो क्षेत्रमा ठण्डा हुने र शीत पर्ने हुँदा अधिकाशं वोटविरुवाका पातहरु झर्ने हुन्छन र रुखहरु अग्ला मोटा हुन्छन ।
  • यस क्षेत्रमा साल, चिलाउने, चाँप, सल्ला, उतिस, ओखर, कटुस, गुराँस, बकाइनो जस्ता रुखहरु पाइन्छ ।
  • यहाँको वनजंगलमा बाघ, भालु, मृग, चितुवा, हरिण, जस्ता जीवजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन
  • नेपालका वहुमुल्य जडीवुटीहरु यस क्षेत्रमा पाइन्छन ।
  • यस क्षेत्रमा डाँफे, मुनाल, हिउचितुवा जस्ता पशुपंक्षी तथा जीवजनावरहरु पाइन्छ ।

ग) समशितोष्ण कोणधारी वन :

  • समुदी सतहदेखि २१०० मि. भन्दा माथी ३३०० मि. को उचाइ सम्म रहेको ।
  • यहाँ वर्षै भरी चिसो र हिमपात हुने हुँदा रुख र रुखका पातहरु कोण जस्तै चुच्चो परेका हुन्छन् ।
  • यहाको माटो सेपिलो हुने हुँदा जगंल सदावहार हुन्छ ।
  • यहा मझोला नरम रुखहरु पाइन्छन् ।
  • यस किसिमको वनमा चाँप, सल्ला, देवदास, कटुस, धुपी जस्ता रुखहरु पाइन्छन् ।

घ)  लेकाली वनस्पति

  • समुन्द्री सतहदेखि ३३०० मि.देखि ५००० मि. सम्म पाइने
  • यस क्षेत्रको जलवायु वर्षै भरी चिसो र शुष्क हुने हुँदा ठुला रुखहरु पाइदैनन ।
  • यहाँ झाडी र जडीवुटी प्रशस्त मात्रामा पाइन्छन भने भेडा च्याङग्रा, याक, चौरी जस्ता जनावरहरु पाइन्छन् ।
  • यस क्षेत्रको माथिल्लो भागमा वुटी घाँसे मैदान पाइन्छ ।
  • यस क्षेत्रको ३६०० मी. उचाइमा गुराँस, र केही निगाले झाडी पाइन्छ ।

ङ) हिमाली वनस्पति (टुण्ड्रा वनस्पती)  

  • ५००० मि. भन्दा उचाईमा यस प्रकारको वन पाइन्छ ।
  • यहाँ बाह्रै महिना हिउँपरिरहने हुनाले रुख, विरुवाहरु प्रायः पाइदैनन्
  • हिमालय क्षेत्र भनेर चिनिने यस प्रकारको क्षेत्रको वनमा काई, लेउ,झ्याउहरु मात्र पाइन्छ ।
  • यस क्षेत्र शित मरुभुमीको क्षेत्र भनेर चिनिने ।
  • यस प्रकारको वनमा हिउचितुवा , हिमाली मृगहरु मात्र पाइन्छन् ।
  • यो क्षेत्र वनस्पतिविहिन क्षेत्र हो ।

४. नेपालको वनसम्पदाको महत्व वारे लेख ।
नेपालका वनसम्पदाको महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

  • ग्रामिण क्षेत्रमा वस्ने समुदायलाई आवश्यक काठ दाउरा  एवं पशुपालनका लागी आवश्यक सेवा उपलव्ध गराएको छ ।
  • पर्यटन विकास र प्रवद्र्धनको लागी महत्वपूर्ण रहको छ । (जस्तो पर्या पर्यटन )
  • वातावरण र जैविक विविधता संरक्षणमा सहयोग गर्दछ ।
  • गरिवी न्यूनीकरणमा सहयोग गरेको छ ।
  • प्राकृतिक सन्तुलन कायम राखेको छ ।
  • वाढी पहिरो जस्ता विपदहरुको सामना गर्न नियन्त्रण गर्न मद्धत गरेको छ ।
  • जलवायु परिवर्तनका असरहरुलाई कम गरेको छ ।
  • मानव एवं पारिस्थितिक प्रणालीलाई अनुकुल वनाउन मद्धत गरेको छ ।

५.नेपालमा हुने वन विनाशका कारणहरु लेख्नुहोस ।

  • पशुहरुको आहारको लागि घाँस तथा ओछ्याउने स्याउलाका लागि वनजंगलको फडानी हुनु
  • परम्परागत इन्धनको रुपमा दाउराको प्रयोगको अवस्थामा बृद्धि हुनु ।
  • इन्धनको वैकल्पिक स्रोतको अभाव
  • बढ्दो शहरीकरण, अव्यवस्थित बसाईसराई
  • विकास निर्माणका क्रियाकलाप तिव्र बृद्धि । जस्तो सडक, पुल,पुलेसाहरु निर्माणको लागि वनजंगल विनाश गर्नु ।
  • वन तस्करहरुको प्रभाव बढ्दो हुनु ।
  • प्राकृतिक विपदहरु :–पहिरो, चट्याङ्ग, आधीवेहरी आगलागिका समस्याहरु
  • वनविनाश गर्न तस्करहरुलाई उचित दण्ड सजाय गर्न नसक्नु
  • जनसंख्यामा तिब्र बृद्धि ।
  • जीवीकाका लागि जंगलमा आश्रित व्यक्तिहरुको संख्या बढदै जानु ।
  • काठ उद्योगहरुले आवश्यक चाहिने कच्चा पदार्थहरु प्रयोग गर्ने क्रममा वनजंगलको अत्याधिक विनाश गर्नु ।

६. त्रि-वार्षिय अन्तरिम योजनामा वनसम्वन्धी दीर्घकालिन सोच के कस्तो रहेको छ ? लेख्नुहोस ।
वन, वनस्पति, जलाधार, संरक्षित क्षेत्र तथा जैविक विविधताहरुको दीगो व्यवस्थापन मार्फत पारिस्थितिकिय सेवाको प्रवद्र्धन र जलवायु परिवर्तनको अनुकुल विकासवाट स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गरि गरिवी न्यूनिकरणमा योगदान पु¥याउने ।

७.    त्रिवर्षिय अन्तरिम योजनामा वनसम्पदाको उद्देश्य के छ ? लेख्नुहोस ।

  • वनसम्पदाको वैज्ञानिक, समावेशी र सहभागितामुलुक व्यवस्थापनद्धारा पारिस्थितिकिय सेवाको प्रवद्र्धन गर्दे वनको उत्पादकत्वमा बृद्धि गर्ने ।
  • वनजन्य क्रियाकलापहरुको प्रवद्र्धन तथा व्यवसायी कारणवाट रोजगारी सिर्जना गरी गरिवी न्यूनीकरणमा टेवा पु¥याउने ।
  • वन संरक्षणका विशेष कार्यक्रमहरु सहित बृक्षारोपण अभियानको थालनी  गर्ने ।

८.    नेपालको वन संरक्षणका उपायहरु लेख्नुहोस ।

  •  बैकल्पिक उर्जा प्रणालीलाई प्रोत्साहन गर्ने
  • वन क्षेत्रहरुको संरक्षणमा स्थानीय जनसहभागिता वढाउने ।
  • वनसम्पदाको महत्व तथा संरक्षण सम्वन्धमा जनचेतना जगाउने ।
  • वनको काठ तस्करी रोक्नलाई गस्ती पेट्रोलिङ्ग बढाउने ।
  • विकास निर्माणका क्रियाकलापहरु संचालन गर्दा भ्क्ष्ब् परिक्षण अनिवार्य गर्ने व्यवस्था गर्ने ।
  • वनफडानी गरी खेती गर्ने प्रणालीलाई निरुत्साहित गर्नु पर्छ ।
  • वनसंरक्षण सम्वन्धी दीर्घकालिन रणनीति ल्याउने ।
  • अव्यवस्थित बसाईसराई र शहरीकरणलाई रोक्ने ।
  • वृक्षारोपण कार्यलाई प्रभावकारी वनाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top