Free songs
भर्खरै मात्र
Home / विषयगत लेख / नेपालको प्रशासनयन्त्रमा स्वयंसेवक परिचालन

नेपालको प्रशासनयन्त्रमा स्वयंसेवक परिचालन

नेपालको निजामती सेवामा हाल करिब बहत्तर हजारको हाराहारीमा रहेको छ । तत्काल कायम रहेको जनसंख्याको अनुपातमा कुल संख्याको ०.५ % निजामती कर्मचारीहरु अर्थात १ लाख ३२ हजार हुनुपर्ने हो तर हाल ७२ हजारको हाराहारीमा रहेको छ । विद्यमान निजामती प्रशासनमा कर्मचारीको संख्याले जनतालाई Door To Door Service दिन जनशक्तिको समस्याहरु वेहोर्दै आउनुपरेको छ । पुर्व सचिव कृष्णहरि बास्कोटाको लेखबाट विचार जान्ने मौका मिल्यो । बास्तवमा उहाँले प्रस्ताव गरेको विचार धेरै उत्कृष्ठ छ । नेपालको बेरोजगार समस्या र प्रशासनयन्त्रको कार्यशैलीको समायोजन गरेर हेर्ने हो भने नेपाल सरकारले आ.व.०७१।७२ मा रोजगारीको क्षेत्रमा १० लाख स्वयमसेवक परिचालन गर्ने कार्यक्रम समावेश भएको कार्यक्रममा यस प्रकारको कार्यक्रम तय गर्न सकिन्छ । जसको लागि हाल क्याम्पसमा स्नात्तक तहमा काम गर्ने सम्वन्धित जिल्लाका सवैं विद्यार्थीहरुलाई प्राविधिक विषय भए प्राविधिक कार्यालहरु र नभए प्रशासनिक कार्यालयहरुमा सार्वजनिक सेवाप्रवाहको लागि ईन्टर्नसिपमा खटाउन सकिन्छ । जसको लागि प्रति विद्यार्थी प्रति दिन रु.३००। र खाजा खर्च उपलव्ध गराउन सकिन्छ । त्यस्ता विद्यार्थीहरुलाई कम्तीमा ३ महिना सम्म खटाउन सकिन्छ । नेपालको प्रशासनिक कार्यालयहरु जहाँ जनताका दिनहू कामकाजहरु हुन्छन् जस्तो जिल्ला प्रशासन कार्यालयको नागरिकता वितरण राहदानी वितरण त्यस्तै मालपोत कार्यालयको जग्गा रजिष्ट्रेशन, कर कार्यालयहरुको कर संकलन तथा चेतना अभिवृद्धि, कम्पनी रजिष्टर कार्यालय आदी कार्यालयहरुमा विद्यार्थीहरुलाई स्वयंसेवक कर्मचारी वनाई खटाउन सकिन्छ । स्नातक तह उतिर्ण बेरोजगारीहरुको हकमा भने निश्चित कामको लागि दिनको ४०० । रुपैया भत्ता दिई निश्चित समयावधीसम्म कामकाजमा लगाउन सकिन्छ । यसको लागि नेपाल सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरि त्यस्ता पद तथा काम गर्ने कामको प्रकति काम लगायतको Job Description बनाउनु आवश्यक छ । यस प्रकारको कार्यमा प्रत्येक सिफ्टमा ६० हजार विद्यार्थीहरु अर्ध रोजगार हुन सक्छन् । यसको आर्थिक व्यभार राष्ट्र निर्माण कोष खडा (Nation Building Fund-NBF) गरि नेपाल सरकारको केहि रकम राष्ट्रसेवक कर्मचारीको योगदानको केहि रकम जम्मा गरि खर्च गर्न सकिन्छ । यदी यो प्रणाली लागु गर्ने हो भने एकातिर सार्वजनिक सेवा प्रवाहमा सहयोग हुन्छ अर्कोतिर बेरोजगारको समस्या अन्त हुन्छ साथै विद्यार्थीहरुले नेपालको निजामती प्रशासनको अनुभव संगाल्न सक्छन् । त्यसको लागि को पहिला तयार हुने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top