Free songs
भर्खरै मात्र
Home / लोकसेवा दिग्दर्शन / सकारात्मक विभेद उपयोगी प्रश्नोत्तर

सकारात्मक विभेद उपयोगी प्रश्नोत्तर

१ सकारात्मक विभेद (Positive Discrimination) भन्नाले के वुझ्नुहुन्छ ? लेख्नुहोस ।
समाजमा कुनै वस्तु साधन वा अवसर वाड्नु भन्दा अघि त्याहाँ असमानता छ भने समान रुपमा वाडिएको वस्तुमा पनि असमान हुन्छ र असमानताको विस्तार झनै विस्तार हुन्छ र अर्को शव्दमा असमानताका कारण सिमान्तकृत भएका स्रोत साधन र अवसरवाट पाखा लागेका वर्गलाई विशेष व्यवहार मार्फत सुविधा उपलव्ध गराउन न्याय दिलाउनुपर्छ  भन्ने मान्यताले सकारात्मक विभेदको अवधारणा आएको हो । भारतीय प्रशासनविद सीताराम महेश्वरीका अनुसार विगतको भेदभावपूर्ण व्यवहारको असर हटाउन लिइएको नीति तथा प्रयास नै सकारात्मक विभेद हो ।

  • यसले दुई समान योग्यता भएका मानिसलाई रोजगारी आवेदन गरेमा वा यस्तै अवसर दिनुपर्दा महिला र अल्पसंख्यकलाई सहानुभुती राखी प्राथमिकता दिनुपर्छ । तर यसवाट Reserve Discrimination  हुनुहुदैन भन्ने मान्यता राख्छ ।
  • अर्को अर्थमा सकारात्मक कार्य सार्वजनिक नीति र प्रयासहरुको त्यस्तो संरचना हो, जसले सामाजिक विभेदका सन्दर्भमा रहेको जाती धर्म लिगं र जातीय उत्पत्ती (National Origin) को विभेदलाई हटाउने प्रयास गर्दछ ।
  • सकारात्मक विभेदको प्रयास सर्वप्रथम अमेरिकामा गरिएको हो ।
  • सन् १९४१ मा रुजवेल्टको राष्ट्पतीय कालमा जातीय विभेदको अन्त्य गर्न काला जाती पनि सुरक्षा निकायमा भर्ना गर्न पाउने व्यवस्था गरिएको थियो ।
  • सैदान्तिक रुपमा कोटा प्रणाली, आरक्षण, कमयोग्य प्राथमिकता जस्ता कार्यलाई सकारात्मक विभेदले विचार गर्दैन । Benefit ले Side Effect पार्नु हुदैन भन्ने धारणा रहेको छ ।
  • असमान समाजमा वाडिने चिजलाई वरावरी वाडेर मात्र पुग्दैन सवैं मानिसमा लगभग वरावरी परोस भन्ने कुरामा ध्यान दिनुपर्छ त्यो नै सकारात्मक विभेद हो ।

२.सकारात्मक विभेदको रुप बारेमा लेख्नुहोस ।
सकारात्मक विभेद समावेशीकरणको औजार हो । विभिन्न मुलुकले आफ्नो सन्दर्भ र चाहना अनुरुप यसलाई अपनाउने गरेका छन् । जुन निम्नानुसार छ ।

  • आरक्षण
  • प्राथमिकता
  • विशेष तालिम व्यवस्था
  • क्षमता विकास
  • सहुलियत
  • अवसरमा छुट
  • लैगिंक न्यायको निर्माण

३. सकारात्मक विभेदको उद्धेश्य लेख्नुहोस ।

  • समावेशी प्रजातन्त्रको धारणालाई साकार गराउने
  • सामाजिक न्याय प्रदान गर्ने
  • अन्तर समुहगत द्धन्दलाई नियन्त्रण गर्ने
  • पिछडिएका वर्गहरुलाई समान अवसर प्रदान गर्ने
  • राजनीतिक स्थिरता कायम गर्ने
  • समतामुलक समाजको स्थापना गर्ने
  • सवैं वर्ग जातजाती समुदायका नागरिकहरुलाई मुलप्रवाहमा समेट्ने ।
  • विद्यमान लैगिंक जातीय दुरी तथा भेदभावको अन्त्य गर्ने

४. सकारात्मक विभेदका क्षेत्रहरु लेख्नुहोस ।

  • प्रशासनिक रोजगारीका क्षेत्र
  • नीति निर्माणका क्षेत्र
  • शिक्षा तथा स्वास्थ्य
  • राजनीतिक क्षेत्र
  • व्यवस्थापन
  • गैर सरकारी क्षेत्र । निजी क्षेत्र

५. सकारात्मक विभेदका सिद्धान्तहरु लेख्नुहोस ।

  • क्षतीपुर्तिको सिद्धान्त : कुनै पनि वर्ग वा व्यक्ति योग्य हुनुको कारण उसको विशेष नैसर्गिक गुण भएको कारणले होईन कि उसले सयौ वर्ष सम्म भौतिक र सांस्कृतिक  वचत प्रयोग गर्नाले हो । ती वर्गले शोषित उत्पिडित र सिमान्तकृत वर्गलाई केही समयसम्म क्षतीपुर्ति दिने अवसर त्याग गर्नुपर्छ ।
  • संरक्षणवादी सिद्धान्त : कमजोर र शक्तिहिन वर्गहरुको संरक्षण गर्नु
  • समानुपातिकको सिद्धान्त : राज्यका स्रोत साधन र अवसरहरु समान रुपले समानुपातिक वितरण गरिनुपर्छ ।
  • सामाजिक न्यायको सिद्धान्त : राज्यका सवैं अवसरहरु समान रुपले सीमान्तकृत वर्ग सम्म पुग्नुपर्छ ।

६. नेपालमा सकारात्मक विभेद बारेमा भएको व्यवस्था बारेमा लेख्नुहोस ।

  • वि.सं.२०४७ सालको संविधानले कमजोर वर्गको हित संरक्षणका लागी कानुनद्धारा विशेष व्यवस्था गरिनेछ भन्ने उल्लेख भएता पनि कार्यान्वयनमा कार्यसुचीमा प्रवेश पाउन नसकेको ।
  • वि.सं.२०५६ मा तत्कालिन सरकारले शासकिय सुधार कार्यक्रमको मार्गचित्रमा निजामती सेवामा महिला, जनजाती दलित, आदीको प्रतिनिधित्व वढाउनु सकारात्मक कार्यनीति लिने घोषणा ।
  • २०६० सालमा तत्कालिन सरकारले अर्थमन्त्रीको संयोजकत्वमा आरक्षण व्यवस्था सम्वन्धी सुझाव समितिको गठन गरियो ।
  • पुनस्थापित प्रतिनिधी सभाले महिलाको हिस्सा ३३ प्रतिशत पुर्याउने एकमतले संकल्प प्रस्ताव पारित गर्यो ।
  • नेपालको अन्तरिम संविधान २०६३ मा राज्यका नीति निर्देशक सिद्धान्तमा सकारात्मक विभेद सम्वन्धमा व्यवस्था गरेको ।
  • निजामती सेवा ऐन २०४९ ले निजामती सेवामा आरक्षणको व्यवस्था गरेको ।
  • नेपाल प्रहरी तथा नेपाली सेनामा खुला पदपुर्ति गर्दा २० प्रतिशत महिलाका लागी आरक्षित गरेको ।
  • आ.व.०६४।०६५ देखि लैगिंक वजेटको अवधारणाको विकास भएको
  • विभिन्न ५७ भन्दा वढी कानुनमा १५० भन्दा वढी विषयमा महिलाका लागी विशेष व्यवस्था गरिएको छ ।

७. सकारात्मक विभेदका उपलव्धीहरु लेख्नुहोस ।

  • समावेशीकरणको कारणले गर्दा राज्यका विभिन्न क्रियाकलापहरुमा लक्षित वर्ग समुदायको प्रतिनिधित्व वढेको छ । हाल प्रशासनमा महिलाको सहभागिता १२.५ प्रतिशत पुगेको छ ।
  • निजामती सेवालाई पूर्ण समावेशी वनाइएको छ ।
  • राजनैतिक क्षेत्रमा महिला तथा जनजाती लगायत अन्य वर्ग समुदायका नागरिकहरुलाई उल्लेख्य सहभागि वनाइएको छ । संविधानसभामा झण्डै ३३ प्रतिशत सभासद(१९७) जना महिला रहेका छन् भने दलितको संख्या पनि उल्लेख्य उपस्थिती छ ।
  • प्रत्येक विद्यालयहरुमा महिला शिक्षिकाको वढ्दो अनुपात रहेको छ ।
  • सिमान्तकृत वर्गहरु राज्यका पिछडिएका वर्गहरुको मनोवल वढेको छ ।
  • राज्यका हरेक क्रियाकलापहरुमा समावेशी वनाउने प्रयास गरेको पाईन्छ ।

८. सकारात्मक विभेदका कमजोर पक्षहरु लेख्नुहोस ।

  • आर्थिक र सामाजिक रुपले पछाडी पारिएका भनिएको छ सो कसरी पहिचान गर्ने ?
  • विशेष सुविधा कति तह सम्म पुर्याउने ? एक, दुई……स्पष्ट छैन
  • लक्षित वर्ग समुदाय (Target Group) ले नपाई समाजका वाँठाटाठाँले पाउने सम्भावना वढी रहन्छ ।
  • कानुन विभेदकारी हुनुहुदैन भन्ने कानुनी सिद्धान्त रहेको छ, तर सकारात्मक विभेदले त्यसलाई ओगटदैन
  • योग्यता प्रणाली पलायन हुन सक्छ ।
  • सामाजिक सहभाव (Social Harmony) पनि विथोलिन सक्छ । जस्तो भारतको आत्मदाह, श्रीलंकामा तमिलको पृथकतावादी आन्दोलन ।
  • एक पटक आरक्षण पाईसकेपछि सधै आरक्षण हुने मनस्थिती रहन्छ
  • यो योग्यता प्रणालीको चुनौती हो ।

९. सकारात्मक विभेदमा ध्यान दिनुपर्ने कुराहरु लेख्नुहोस ।

  • यो अस्थायी समाधान हो । यो अवस्था हटेपछि यसको Sustainability वनाउनु पर्छ ।
  • कुनै समुदाय वा जातीको वर्चस्व कायम हुन सक्छ ।
  • योग्यता प्रणालीलाई पनि आघात पुग्ने हुँदा यसतर्फ ध्यान दिनुपर्छ
  • आरक्षणवाट निजामती सेवाको प्रभावकारीता घट्नुहुदैन
  • सामाजिक सहिष्णुता विग्रन सक्छ ।
  • खास वर्गलाई मात्र प्रणालीमा पहुच पु्याउनुपर्छ ।
  • आरक्षण मात्र होईन उनीहरुको क्षमता विकास र सशक्तीकरणमा ध्यान दिनुपर्छ

धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top