Free songs
भर्खरै मात्र
Home / विषयगत लेख / सार्वजनिक प्रशासन र यसको अरु विधासंग सम्वन्ध

सार्वजनिक प्रशासन र यसको अरु विधासंग सम्वन्ध

सार्वजनिक प्रशासन अंग्रेजी शव्द Public Administration को रुपान्तरित शव्द हो । सार्वजनिक अर्थ खुल्ला सवैंको साझा अर्थात Opposite of Private हो । नेपाली शव्दकोषका अनुसार सार्वजनिक भन्नाले सबैंको उपयोगको लागि बनाइएको धेरै संग सम्वन्धित भनेर अथ्र्याइएको पाइन्छ । त्यस्तै प्रशासन भन्नाले कामको चाँजोपाँजो मिलाउनु, कार्यविधि अपनाउनु र व्यवस्थापन गर्नु भन्ने बुझिन्छ । समग्रमा सार्वजनिक प्रशासन सरकारद्धार गरिने सम्पूर्ण क्रियाकलापहरुको श्रृखंला (Course of Action) हो ।
सार्वजनिक प्रशासनको अवधारणा राज्यको उत्पत्तीसंगै आएको पाइन्छ । सामाजिक सम्झौताको सिद्धान्त अनुसार समाजमा शान्ति सुरक्षा कायम राख्न, न्याय प्रदान गर्न, सार्वजनिक हित अनुकुलको विकासात्मक कार्यहरु गर्न राज्यको प्रार्दुभाव भएको हो । राज्यको उत्पत्ती संगै आएको यो विधालाई सन् १९८७ मा Pro Woodro Wilson ले आफ्नो सार्वजनिक प्रशासन संग सम्वन्धित Article “The Study of Public Administration” प्रकाशन गरेपछि प्रशासनिक विधाको रुपमा आएको पाइन्छ ।
Administration शव्द Latin भाषाबाट आएको हो । Latin भाषामा Administration को अर्थ To Serve, To Look after people or to care  हुन्छ ।
राज्य संचालनमा राज्यका प्रमुख कार्यकारी अंगहरु कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको स्थान विशिष्ट हुन्छ । कुनै पनि लोक कल्याणकारी राज्यले आम जनताका गर्भ देखि चिहान (Womb to tomb) को बृहत आवश्यकता पुर्ति गर्ने सन्दर्भमा प्रशासनयन्त्र सिर्जना गरेको पाइन्छ । सार्वजनिक प्रशानलाई सरकारी प्रशासन, जनप्रशासन, मुलुकी प्रशासन तथा लोक प्रशासन भनेर पनि चिन्ने गरिन्छ ।
सार्वजनिक प्रशासन निजी प्रशासन भन्दा फरक अवधारणा हो । यस भित्र प्रशासनिक संरचना, कार्य प्रकृया, कर्मचारीतन्त्र तथा तिनका क्रियाकलापहरु पर्छन । आधुनिक युगमा सार्वजनिक प्रशासन Service Provider वाट Service Receiver को बदलिएको छ ।  अर्थात सार्वजनिक प्रशासन आफैले प्रत्यक्ष रुपले सेवा मात्र प्रवाह गर्ने होइन सहजकर्ता र प्रवद्र्धकको भुमिका निर्वाह गरेर अरुमार्फत नागरिकहरु समक्ष सेवा पुर्याउनुपर्छ भन्ने मान्यताका साथा अवधारणा विकसित भएको पाइन्छ ।
सार्वजनिक प्रशासनलाई Living Constitution, Permanent Government, 4th Arm  भनेर पनि भन्ने गरिन्छ । Government Administration, Public Administration जस्ता नामाकरण बाट हाल आएर यसको अवधारणालाई नयाँ रुप दिई  New Public Management हुदै New Public Service (NPS) हुन खोजेको छ ।
समग्रमा सार्वजनिक प्रशासन राज्यका जनताहरुका हरेक आवश्यकताहरु परिपुर्ति गर्ने संयन्त्र हो । यसले नागरिकका Day to Day आवश्यकता सम्वोधन गर्नुको साथै कल्याणकारी, सामाजिक सुरक्षा, राष्ट्रिय सुरक्षा अन्तर्राष्ट्रिय सम्वन्ध जस्ता सर्वाङ्गिण पक्षको व्यवस्थापन संरक्षण एवं सम्वद्र्धन गर्दछ ।
सार्वजनिक प्रशासनको अरु विधासंगको सम्वन्ध :
सार्वजनिक प्रशासनको आफ्नै छुट्टै विधा छैन । विभिन्न विधाबाट आएको हुँदा यसको सबैंसंग सम्वन्ध रहेको छ भन्न सकिन्छ । सार्वजनिक प्रशासन कला हो वा विज्ञान (Art or Science) ? यसबारे विभिन्न मतमतैक्यहरु रहेको पाइन्छ ।
सार्वजनिक प्रशासन झट्ट हेर्दा समाजशास्त्र संग सम्वन्ध रहेको देखिन्छ तर यसको अन्य क्षेत्र संग पनि त्यतिकै सम्वन्ध रहेको पाइन्छ । सार्वजनिक प्रशासन भिन्न विधाहरु संग सम्वन्ध रहेअनुसार अन्तरसम्वन्धित पनि रहेको छ । सार्वजनिक प्रशासनको  Inter Disciplinary Approach हेर्दा निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
क) सार्वजनिक प्रशासन र राजनीतिशास्त्र  :
राजनीतिशास्त्रले मुख्यतः समाज परिचालनको लागि शक्ति संचालन कसरी हुन्छ भन्ने कुराको जानकारी दिन्छ । राजनीतिले राज्य संचालनार्थ नागरिकका लागि कानुनहरु निर्माण गर्दछ र प्रशासनले ति राजनीतिद्धारा बनाइएका कानुन, नीतिहरुको कार्यान्वयन गर्दछ । अर्थात प्रशासन र राजनीति एक अर्काका परिपुरक हुन । John M. Gous का अनुसार प्रशासनको उत्पत्तिको मुख्य कारण राजनीतिशास्त्र भएकाले राजनीतिशास्त्र र प्रशासन एउटै Theoryबाट संचालित हुन्छन् ।
त्यस्तै सार्वजनिक प्रशासनका पिता भनेर चिनिने Woodro Wilson ले सन् १९८७ मा राजनीतिशास्त्र र प्रशासन फरक विधा हुन भनी परिभाषित गरे । त्यसको केहि समय अघि यी दुवैं बिषयलाई एक अर्काको परिपुरकको रुपमा हेरियो । सार्वजनिक प्रशासन विधाले सम्पूर्ण मानव जातीको हितमा कार्य गर्दछ । यसलाई सानो घेराभित्र राखी हेर्न मिल्दैन ।
ख) सार्वजनिक प्रशासन र ईतिहास :
सार्वजनिक प्रशासन विषयको शुत्रबद्ध अध्ययन गर्न इतिहासको अति ठुलो महत्व छ । शुरुमा यस विषयमा त्यतिको महत्व थिएन । इतिहासले विगतमा मानव सभ्यता तथा राज्य संचालनका बारेमा विस्तृत जानकारी दिन्छ । इतिहासकारहरुले उक्त घटनाको बारेमा विस्तृत विश्लेषण गरि आफ्नो मन्तव्य प्रकट गर्दछन् । सार्वजनिक प्रशासन सरकारले आम जनताको भलाईको लागि संचालन गर्ने सामाजिक क्रियाकलाप भएकोले यसको सम्वन्ध ईतिहाससंग घनिष्ठ रुपमा गाँसिएको छ । प्रशासनिक इतिहासको महत्वबोध गरि यो कार्य प्रारम्भ गर्ने पहिला लेखक Leonard D. White हुन । उनले सर्वप्रथम अमेरिकाको प्रशासनिक इतिहासमा American Administrative History नामक पुस्तक लेखि जनसमक्ष ल्याए र यो कार्य अरुलाई पनि प्रोत्साहित गराए । भारतमा प्रा.मुखर्जीद्धारा लिखित पुस्तकLocal Government in Ancient India ले पनि प्रचलित प्रशासनको पद्धतीबारे बोध गर्न सकिन्छ । इतिहासबाट प्रशासनिक सुधार गर्न जानकारी लिन सकिन्छ ।
ग) सार्वजनिक प्रशासन र समाजशास्त्र :
समाजशास्त्रले मानव समुदायको सामाजिक बनौट, रहनसहन, भेषभुषा रितिरिजवाज, चाडपर्व संस्कार आदीको बारेमा गतिविधीहरुको अध्ययन गर्दछ । जुन देशमा जस्तो समाज छ, त्याहाँ त्यस्तै प्रशासन पाइन्छ भन्ने युक्तिले पनि प्रशासन र समाजशास्त्रको कस्तो सम्वन्ध छ भन्ने कुराको बोध गर्दछ । समाजशास्त्री Max Webber ले लेखेको Essay on Bureaucracy ले सार्वजनिक प्रशासनको अध्ययनमा ठुलो महत्व राख्दछ । त्यस्तै Hebert Simon ले Sociology of Administration को अवधारणालाई प्रचारप्रसारमा ल्याए । प्रशासनमा नीति निर्माण गर्दा समाजमा विद्यमान गतिविधिलाई विस्तृत ढंगले अनुसन्धान अन्वेषण गरिनुपर्ने अवधारणाको विकास भयो । प्रशासनले सामाजिक शिक्षा, स्वास्थ्य, कृषि आदी बारेमा प्रत्यक्ष सम्वन्ध राख्दछ । कानुन नीति तथा कार्यक्रमहरु तय गर्दा प्रशासन संयन्त्रले सामाजिक अध्ययनलाई ध्यान दिनुपर्ने हुन्छ ।
घ) सार्वजनिक प्रशासन र कानुन : 
राज्य संचालनको माध्ययम नै कानुन हो । संविधा, ऐन नीति सवैं कानुन भित्रै पर्दछन् । अन्य विधा जस्तै सार्वजनिक प्रशासनको कानुनसंग पनि अन्तरसम्वन्धित रहेको छ । यसै तथ्यलाई स्वीकार गर्दै Pro. Wodroo Wilson ले सार्वजनिक प्रशासनलाई सरकारी कानुनको व्यवस्थित एवं बृहत प्रयोग भनि बताएका छन् । बेलायत र कमनवेल्थ मुलकमा अतितमा सार्वजनिक प्रशासनलाई सवैंधानिक कानुनको रुपमा पढाइन्थ्यो । प्रशासकिय कार्य सरलिकरणका लागि कानुन निर्माण गर्न अत्यावश्यक हुन्छ । सार्वजनिक प्रशासन र कानुनलाई अलग्याएर हेर्न मिल्दैन ।
ङ) सार्वजनिक प्रशासन र अर्थशास्त्र :
उन्नाइसौ शताव्दीको शुरुमा राज्यव्यवस्था संचालन Lessez fair मा आधारित थियो । अर्थात सरकारले खास गरि रक्षा, प्रहरी र न्यायमा पकड राखेको थियो । यसरी सरकारले एकपक्षिय रुपमा मात्र ध्यान दिदा राज्यको अर्थव्यवस्था कमजोर हुन थाल्यो र विश्वले औधोगिक क्रान्तिको फलस्वरुप मन्दीको सामना गर्नुपर्यो । प्रत्येक राष्ट्रले वार्षिक रुपमा बजेट प्रस्तुत गर्ने गर्दछ । राज्यका बिकास निर्माण क्रियाकलाप लगायत सामाजिक विकासका हरेक कार्यमा बजेट खर्च गर्नुपर्ने हुन्छ । प्रशासन योजना बजेट सवैं अन्तरसम्वन्धित छन् । राज्य संचालनको लागि आर्थिक क्रियाकलापहरु पनि संचालन गर्नुपर्ने भएकोले सार्वजनिक सार्वजनिक प्रशासन र अर्थशास्त्र एक अर्कासंग अन्तरसम्वन्धित रहेका छन् ।
च) सार्वजनिक प्रशासन र मनोविज्ञान :
बिगतमा सार्वजनिक प्रशासनका लेखकहरुले विषयबस्तुको अध्ययनलाई कानुनी वा संवैंधानिक घेराहरु भित्र राखेका थिए । तर दोस्रो विश्वयुद्ध पछि सार्वजनिक प्रशासनलाई मनोविज्ञानसंग तुलना गर्न थालियो । कार्यालयमा कानुन नीति नियमको अनुसरण गर्दै जाँदा कर्मचारीहरु वीच अनौपचारिक सम्वन्ध विकसित हुदै जान्छन् । कर्मचारीहरुको व्यक्तिगत प्रवृत्ति, रितिरिवाज (Culture) रुची स्वभावका कारणले कार्यालय भित्र अनेक समुह सिर्जना हुन्छन् ।
सार्वजनिक प्रशासनको अध्ययनको सिलसिलामा Human Relation Theory of Administration अर्थात प्रशासनमा मानवसम्वन्ध सिद्धान्तको प्रमुख स्थान रहेको छ । सर्वसाधारणलाई बस्तु तथा सेवा प्रवाह गर्दा कस्तो व्यवहार अपनाउने कर्मचारीलाई काम प्रति कसरी उत्प्रेरित गराउने आदीजस्ता कार्यहरु सार्वजनिक प्रशासन संग सम्वन्धित रहेका छन् ।
माथी उल्लिखित विषयहरुका साथै सार्वजनिक प्रशासन नीतिशास्त्र ईन्जिनियरिङ्ग स्वास्थ्य शिक्षा भुगोल विज्ञान तथा प्रविधि सुचना तथा संचार आदी क्षेत्रसंग प्रत्यक्ष सम्वन्ध राख्दछ । अतः सार्वजनिक प्रशासन विभिन्न विधासंग अन्तरसम्वन्धित छ एक्लो छैन ।

4 comments

  1. Please can we have some useful hints in ELT? I would be grateful.

  2. good artical

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top